काँग्रेसले भन्यो – बुद्धका मूर्ति तोडफोडमा संलग्नलाई तत्काल कारबाही होस्


 


काठमाडौं, साउन २

रूपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीचभागमा राखिएका गौतम बुद्धका मूर्ति तोडफोड गरेको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानुनी कारवाही गर्न कांग्रेस संसदीय दलले माग गरेको छ ।

‘विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतम बुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्