राष्ट्रिय परिचय पत्रको ठेक्का मिलाउन खरदार सक्रिय


 


काठमाडौ । राष्ट्रिय परिचयपत्र सम्वन्धी सफ्टवेयरको क्षमता विकास गर्ने करिब १ अर्ब ७० करोड बराबरको ठेक्कामा एक जना खरदारले सक्रियता देखाएका छन् ।

भर्खरै निजामती सेवामा प्रवेश गरेका गुल्मीका भिमकान्त भण्डारीले राष्ट्रिय परिचयपत्रको ठेक्का पार्न अस्वभाविक प्रयास गरेका थिए । उर्जा मन्त्री बर्षमान पुनको सचिवालयमा रहेका भण्डारीको अस्वभाविक सक्रियताले निजामती सेवामा हंगामा मच्चाएको छ ।

‘उर्जा मन्त्रीको सचिवालयमा एक जना भण्डारी हुनुहुँदो रहेछ, उहाँले एनआइडीको डेक्कामा निकै रुची राख्नुभयो, राष्ट्रिय परिचय विभागका एक कर्मचारीले भने, ठेक्का प्रक्रियाका कागजपत्र र प्रक्रियामा निकै रुची राखेका थिए, हामीले त्यसलाई सहज लिन सकेनौँ ।’ उनले भण्डारीको सक्रियता निजामती कर्मचारीको रुपमा सहनै नसकिने विषय भएको बताए ।

भण्डारी निजामती सेवामा प्रवेश गरे लगत्तैदेखि नियमित रुपमा मन्त्रीको सचिवालयमा बस्दै आएका छन् । शुरुमा तत्कालिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको सचिवालयमा बसेका उनी त्यस लगत्तै अर्थ मन्त्री कृष्णबहादुर महराको सचिवालयमा बसेका थिए ।

त्यसपछि उनी अहिले उर्जा मन्त्रीको सचिवालयमा छन् । हितराज पाण्डेको सचिवालयमा रहँदा भण्डारीले स्थानीय तहका प्रमुखहरुलाई फोन गर्ने र विभिन्न लाभ लिने गरेको उजुरी आएको थियो । गुल्मीको एक स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतलाई जन्ती बोकेको विहेको गाडीमा इन्धन हाल्न लगाएपछि उनलाई मन्त्री पाण्डेले कारबाही गरेका थिए ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्