बन्द अपडेट : विप्लवको बन्दमा सरकारी कार्यालय तार्गेट, विभिन्न जिल्लाका वडा कार्यालय धोस्त


 


काठमाडौं – नुवाकोट, सिन्धुपाल्चोक, रौतहट लगायतका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका नष्ट भएका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को बडा कार्यालयमा पनि बम विस्फोट भएको छ । त्यहाँ पनि पूर्ण रुपमा वडा कार्यलय धोस्त भएको बताइएको छ । कार्यालयका सम्र्पूण समाग्रिसहित कम्युटरका जलर खारानी भएको प्रहरीले जनाएको छ ।

बन्दको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी, विप्लव नेकपाको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे आगजनी गरेको हो ।

आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्