प्रकाश मानवअधिकार पुरस्कार गुरु बराललाई


 


विराटनगर, साउन १६

शोषण, विपन्नता, विभेद एवम् कुरीतिमुक्त समाज निर्माणमा संलग्न मोरङका गुरुप्रसाद बराललाई प्रकाश मानवअधिकार पुरस्कार प्रदान गरिएको छ ।

इन्सेकको संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको २५ औं श्रृखला बराललाई प्रदान गरिएको हो । इन्सेकले विराटनगरमा आयोजना गरेको एक कार्यक्रमबीच प्रदेश नं. १ का प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङले पुरस्कृत व्यक्तित्व बराललाई नगद ५० हजार र सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्