युवकले ट्याक्सी भित्र काण्ड सुरु गर्न थालेपछि युवतीले युवकको टोकेर दुई टुक्रा पारिन्


 


काठमाडौं विश्वमा सबैभन्दा धेरै अपराध यौनका कारण पनि हुने गरेका छन् । गत बिहीबार राती घर फर्कनका लागि ट्याक्सीमा चढेकी एक २१ वर्षकी युवतीमाथि ब’लात्कारको प्रयास भएको खुल्न आएको छ । तर ति युवतीले हिम्मत देखाउँदै ब’लात्कारीको चंगुलबाट जोगिएर भाग्न सफल भइन् । यतिमात्र होइन ती युवतीले ब’लात्कारीलाई यतिसम्म घाइते बनाएकी थिइन् कि पुलिसले तत्कालै आरोपीलाई पक्राउ गर्न सफल पनि भयो । घटना भारतको राजस्थान राज्य जयपुरको हो ।

भारतीय दैनिक अमर उजालाको समाचार अनुसार शहरको आश्रम मार्गबाट चित्रकुट जानको लागि ती युवती ट्याक्सी चढेकी थिइन् । ट्याक्सीमा ड्राइभरका एक जना साथी पनि पहिलेदेखि नै बसिरहेका थिए । ती साथीले युवतीलाई गाडीमै ब’लात्कार गर्ने प्रयास गरे । युवतीले पनि साहस देखाउँदै ती ब’लात्कारीको जिब्रो टो’केर चुँडाइदिइन् ।

त्यसपछि भागेर प्रहरी चौकी पुगिन् । ब’लात्कारको प्रयास गर्ने आरोपी सचिन शर्मा पनि काटिएको जिब्रोको उपचार गराउनको लागि एसएमएस अस्पताल पुगे । युवतीको सूचनाका आधारमा उनी उपचारको लागि आउने आशंकामा सबै अस्पतालमा प्रहरी तैनाथ गरिएको थियो । उपचारका लागि गएका सचिनलाई प्रहरीले अस्पतालबाटै ट्याक्सी ड्राइभरसहित पक्राउ गर्यो ।

आरोपी भरतपुरको भएको र जगतपुरामा रियल स्टेट एजेन्टको काम गर्ने बताइएको छ । युवती आगराकी हुन् र चित्रकुट क्षेत्रमा बस्छिन् । उनी बीबीए पढ्दैछिन् र मोडलिङ पनि गर्छिन् । बिहीबार राती करिब सवा एक बजे जन्मदिनको पार्टीबाट निस्किएकी उनले ट्याक्सी बुक गरेकी थिइन् । गाडीमा पहिल्यै ड्राइभरका साथी पनि थिए ।

गाडी सोडाना नजिकै पुगेपछि सचिनले नक्कली पेस्तोल देखाएर युवतीलाई तर्साए त्यसपछि गुडिरहेको गाडीमा अगाडिको सिटबाट उठेर पछाडिको सिटमा गए । युवतीका अनुसार उनी निकै डराएकी थिइन् तैपनि हिम्मत देखाएर उनको जिब्रो टोकिदिएर गाडीबाट हाम्फालेकी थिइन् । घटनालाई लिएर अहिले ति युवतीको विश्वभर तारिफ भइरहेको छ । प्रहरीले घटनाबारे आवश्यक थप कारबाही अगाडी बढाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्