आज चुरेबाट बहने नदीको बाहव अचानक बढ्न सक्ने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ । उक्त न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पनि महाशाखाको भनाइ छ ।

आगमी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बँच्न सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।

त्यस्तै देशको पश्चिमी पहाडी र पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानिको वहाव आकस्मिक वृद्दि हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसका साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सावधानी अपनाउन पनि उसको आग्रह छ ।

हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको र मध्य तथा पूर्वी भागमा आंशिक वदली रहेको महाशाखाले जनाएको छ ।

सोमबार (आज) दिउँसो देशका धेरैजसो स्थानमा वदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी पहाडि भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महशाखाले जनाएको छ ।

सोमबार राति देशका धेरैजसो स्थानहरुमा वदली हुने र पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ । पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News