भ्रष्टाचार मुद्दा लागेपछि मालपोतका यी पूर्वकर्मचारीले गरे आत्महत्या



उदयपुर । एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। त्रियुगा नगरपालिका – १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार उनले झुण्डिएर आत्महत्या गरेका हुन। ‘हामी सुसाइड नोटको फोटो खिच्न दिदैनौं,’ उनले भने, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस, म ठुलो भ्रष्टचारी होइन’, भन्ने सुसाइड नोट फेला परेको छ।’

मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्षा होस् भनेर सुसाइड नोट लेखीएको छ,’ डिएसपी केसीले भने, ‘अलिअलि मानसिक सन्तुलन ठीक नभएको पाएका छौँ।’

उनले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए। झापाबाट मालपोत कार्यालय कलंकी हुँदै उनी समायोजनमा त्रियुगा नगरपालिका आर्चाय आइपुगेका थिए। त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवका रुपमा काम गरेका आचार्यले वडाअध्यक्षसँग बिवाद भएपछि राजीनामा दिएको वडा कार्यालयको भनाइ छ।

मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित सातजनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रुपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News