मंसिर १४ मा हुने उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रिया पुरा गर्ने निर्णय



काठमाडौँ २५ भदाै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय गरेको छ ।
त्यसको जिम्मा पार्टीका महासचिव विष्णु पौडेललाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘संवैधानिक र कानुनी ब्यवस्थालाई आधार बनाएर निर्वाचन आयोगले गरेको सूचनाका आधारमा यहि महिनाभित्र नेकपा दर्ताका सबै प्रक्रिया पूरा गर्ने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भने । अर्को बैठक छिटै बस्ने र एकिकरणका काम टुङ्ग्याउने तयारी गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि पहिलो सचिवालय बैठक बसेको हो । यसअघि भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो ।

एकीकरणका काम टुङ्ग्याउनकै लागि ओली सिंगापुरबाट फर्किएपछि दुईअध्यक्षबीच पाँचपटक भेटवार्ता भएको छ । नेकपामा प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरण बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News