यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिचेर बालिकाको हत्या


 


सिन्धुली, असोज ६
यौन प्रस्ताव अस्वीकार गर्दा सिन्धुलीमा घाँटी थिचेर बालिकाको हत्या गरिएको छ । जिल्लाको मरिण गाउँपालिकामा यौन प्रस्ताव अस्वीकार गर्दा वडा नम्बर १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको घाँटी अँठ्याएर हत्या गरिएको हो ।

यौन प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षीय युवकले बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले यसअघि पनि बालिकासंग यौन सम्बन्ध राखिसकेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो ।

काठमाडौंको एक होटलमा मजदुरको रुपमा कार्यरत ती युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्