रेणु दाहालको चरित्र हत्या गर्न खोज्नेहरु प्रहरी खोरमा, फेसबुकमा रेणुलाई जोडेर यसरी बनाए अश्लील भिडियो



काठमाडौं, असोज १२

चितवनको भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गरी सामाजिक सञ्जालमा अश्लील सामग्री लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपा अध्यक्ष प्रचण्डकी छोरीसमेत रहेकी मेयर दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अश्लील सामाग्री राखेको आरोपमा ३० वर्षीय पशुपति श्रेष्ठलाई चितवन प्रहरी पक्राउ गरेको हो। अन्य आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दाहालको चरित्र हत्या हुनेगरी फेसबुकमा पोष्ट गरिएका अश्लील श्रब्यदृश्य र स्टाटस हाल्नेहरुबिरुद्ध भरतपुर महानगरपालिकाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गरेको थियो।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News