जंगली च्याउ खाँदा एकै परिवारका १२ जना विरामी, दुई जना गम्भीर


 



सर्लाही, असोज १३
सर्लाहीको ईश्वरपुरमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना विरामी परेका छन् । ईश्वरपुर नगरपालिका वडा नम्बर ११ भलुवाईमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना विरामी भएका हुन् ।

आइतबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाँदा ६० वर्षीया बृजकुमार माझी, उनकी श्रीमती ५५ वर्षीया राजकुमारी, छोराहरु ३२ वर्षीय पल्टु, ३१ वर्षीय बिल्टु, र बुहारीहरु २८ वर्षीया सविता, २७ वर्षीया रिंकु, नातिनातिना पाँच वर्षीया , प्रियंका, तीन वर्षीया मेनुका, चार वर्षीय अविनाश, दुई वर्षीय विकास र १० वर्षका विकास विरामी परेका हुन् । उनीहरुको अहिले जनकपुरमा उपचार भइरहेको छ ।

आइतबार राति नै उनीहरु विारमी परेपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरि थप उपचारका लागि जनकपुर ल्याइएको हो । जानकारीअनुसार दुबै जना बुहारीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्