एभरेष्ट बैंकको वीरगंज शाखा र मधेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा


 


काठमाडौं, वैशाख २५ । एभरेष्ट बैंक लिमिटेडको वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगरमा रहेको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको छ ।

एक विशेष कार्यक्रमको आयोजना गर्दै कार्यालय स्थानान्तरण गर्दै बैंकिङ सेवा सुचारु गरिएको हो ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायत सो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताउनुभयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रही स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्