विप्लवका तीन नेताविरुद्ध मुद्दा दायर, यस्तो छ आरोप


 



काठमाडौं, असोज १४
नेत्रबिक्रम चन्द (विप्लव) समूहको विद्यार्थी संगठनका तीन जना नेतामाथि मुद्दा दायर गरिएको छ । विद्यार्थीका नवलपरासी जिल्ला संयोजकसहित तीन जनाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको छ ।

शंकास्पद अवस्थामा हिडिरहेकाक्रममा उनीहरुलाई सोधपुछ गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरको जनाएको छ । पक्राउ पर्नेमा शारदा भण्डारी, विरेन्द्र विक र नैनसिंह खड्का रहेका छन् ।

उनीहरुमाथि मुद्दा दायर गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताउनुभयो । नवपरासीका जिल्ला संयोजक भण्डारी कपिलबस्तुकी हुन् भने सदस्य विक कैलालीका हुन् । यस्तै, खड्का चितवनका पूर्व जिल्ला सदस्य हुन् ।

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्