महराले फिर्ता गरे सरकारी सुविधा


 



काठमाडौं, असोज १७
बलात्कार आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभाुमख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । उनले लिँदै आएका सुरक्षाकर्मि र सरकारी गाडी फिर्ता गरेका हुन् ।

उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो । महराले प्रयोग गर्दै आएको बा२झ १२६८ नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई बुझाएका छन् ।

संसद सचिवालयमै कार्यरत महिलालाई दुव्र्यवहार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्