सशस्त्र प्रहरी सहायक हवल्दार र जवान घुससहित पक्राउ


 



धनगढी, असोज १७
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कैलालीको भजनी नगरपालिकाबाट सशस्त्र प्रहरी सहायक हवल्दार र एक जवान घुससहित रंगेहात पक्राउ गरेको छ ।

टोलीले सहायक प्रहरी अवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरीलाई घुससहित पक्राउ गरेको हो । टोलीले उनीहरुलाई दिउँसो साढे १२ बजे भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भनेर २० हजार रुपैयाँ लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख प्रेम बस्नेतले पक्राउ परेकाहरु सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत रहेको जानकारी दिए । टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्