आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै


 



काठमाडौं, असोज १८
नेपालीहरुको महान चाँड बडादशैंको आज सातौं दिन अर्थात फूलपाती । आज घरघरमा फूलपाती भित्राइँदैछ । दशैंको खास दिन आजबाटै नै शुभारम्भ भएको मानिन्छ ।

आजकै दिनदेखि सरकारी विदा दिइने चलन छ । त्यसैले आजकै दिन मानिसहरु दशैं मान्न घर फर्किने गर्छन । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा आज अपरान्ह विधिपूर्वक फूलपाती भित्राइँछ ।

कालरात्री देवीको पूजाअर्चना गरिनुका साथै घरघरमा फूलपाती भित्राइँन्छ । दशैं घरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट, नयाँ फलफूलका पालुवालाई शुभ साइतका रुपमा फूलपाती मानेर भित्राइँन्छ ।

काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा सरकारी तवरबाट फूलपाती भित्राइँन्छ । केराको पात, अदुवा, दारिम, बयर, फूललाई धादिङको छत्रेदेउरालीबाट दशैंघरमा ल्याउने चलन छ । शनिबार जमलमा फूलपाती ल्याएपछि सरकारी उत्सवका साथ दशैंघर भित्राृने तयारी छ ।

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्