राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिमा भोजपुरबाट को-को परे ?


 


भोजपुर, असोज १९
तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको एकताले पूर्णता पाएसँगै केन्द्रीय कमिटीको नामावली समेत सार्वजनिक भएको छ ।

३३५ सदस्यिय केन्द्रीय कमिटी रहने नेकपाको यो युवा भातृ संगठनमा ३३२ केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरिएको राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले जानकारी दिए ।

उक्त केन्द्रीय समितिमा भोजपुरबाट पाँच जनाको नाम सार्वजनिक भएको छ । सार्वजनिक भएको नामावली अनुसार चार जना तत्कालिन युवा संघ नेपालबाट परेका छन् भने एक जना वाइसिएल नेपालबाट परेका छन् ।

यसरी केन्द्रीय सदस्य हुनेहरुमा तिलक राम राई, रोशन बस्नेत, शारदा घले, सुजन राई र सुरेन्द्र राई रहेका छन् ।

प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्