सर्पदंशबाट एक जनाको मृत्यु


 



दाङ, असोज २४
सर्पदंशबाट दाङमा एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट घोराही नगरपालिका वडा नम्बर १० झारबैरखका ३५ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेका बेला चौधरीलाई विसालु सर्पले टोकेको थियो । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शुक्रबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए ।

यस्तै, सर्पको टोकाइबाट पश्चिम दा«को शान्तिनगर गाउँपालिकामा एक जना विरामी परेका छन् । वडा नम्बर २ बाघमारेका ६० वर्षीय रामबहादुर रावत विरामी परेका हुन् ।

उनलाई आफ्नै घरको बराण्डामा बसिरहेका बेला सर्पले टोकेको थियो । उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्