कुन कुन नेतालाई भेट्दै छन चिनियाँ राष्ट्रपतिले? यस्तो छ सेड्युल


 


काठमाडौं, असोज २४

दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली शीर्ष नेतासँग भेट गर्ने भएका छन् ।

भ्रमणका दौरान सी ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका नेतासँग भेट गर्न लागेका हुन्। मधेसकेन्द्रीत राजपा र समाजवादी पार्टीका नेतासँग भने भेट गर्ने तालिका छैन।

यस्ताे छ भ्रमण तालिका:

शनिबार ५ः०० बजे :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत, विमानस्थलमै सैनिक सलामी अर्पण

सी सोल्टी होटल प्रस्थान ६:०० बजे :राष्ट्रपति भवन शीतलनिवास प्रस्थान

६ः३० बजे:राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता

७ः१५ बजेप्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजेराजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार, १०ः३० बजेनेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

११ः३० बजेप्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता

१ः०० बजेस्वदेश फिर्ता

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्