प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै


 



काठमाडौं, कार्तिक ७
प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदैछन् । असंलग्न राष्टकहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

अबरबैजानको राजधानी बाकु जान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आज मध्यान्ह १२ बजे त्यसतर्फ लाग्नेछन् ।

असंलग्न आन्दोलन राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु सहभागी हुने दुई दिने १८ औं शिखर सम्मेलनमा भोलिदेखि बाकुमा हुँदैछ ।

ओलीले पर्सी मात्रै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । असंलग्न राष्ट्र भनेको कुनै पनि आन्दोलान, गुट र समूहमा आवद्ध नभएको देश भन्ने बुझिन्छ ।

यो समूहमा एक सय २० राष्«ट्र छन् । भ्रमण सकेर ओली कार्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्