बैतडीमा ट्रक दुर्घटना, चालकको मृत्यु


 


बैतडी, कार्तिक ७
बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परेर ट्रक चालक दार्चुला नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामीको मृत्यु भएको छ ।

धनगढीबाट दार्चुलातर्फ ग्यास बोकेर गइरहेको से १ १९२३ नम्बरको मिनी र्टक विहीबार विहान २ बजेको समयमा दुर्घटना भएको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनकाअनुसार ट्रकमा चालक मात्रै थिए । ट्रक सडकबाट दुई सय मिटर तल खसेको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्