विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन नेता मध्यरातमा पक्राउ


 


काभ्रे, कार्तिक ७
नेत्रविक्रम चन्द विप्लव समूहका तीन नेता मध्यरातमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेप्लान्चोकले बुधबार राति काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट विप्लवका नेताहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नम्बर ९ शंखुबाट ३० वर्षीय सुन्तली थोकर, रोशी गाउँपालिकाको वडा नम्ब ३ शिखरआम्बोटे ३१ वर्षीय कृष्णबाहदर मगर, सोही गाउँपालिकाको वडा नम्बर ५ सिसाखानीबाछ ३० वर्षीय आशामान तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ परेकी सुन्तली थोकर काभ्रेकी जिल्ला सेक्रेटरी रहेको बाइएको छ । तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्