इस्काईभेटरबाट लडेर एक जनाको मृत्यु


 


बैतडी, कार्तिक ७
बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा विहीबार स्काईभेटरबाट लडेर एक जनाको मृत्यु भएको छ । मेलौलीको लामालेक–ढणैन सडकखण्डको पेलेमा स्काईभेटरमा सवार स्थानीय ५५ वर्षीय शुक्रसिंह पुजारको लडेर मृत्यु भएको हो । स्काईभेटरबाट लडेपछि त्यही स्काईभेटरले पुजारालाई किचेको थियो ।

इस्काईभेटर चालक दशरथचन्द नगरपािलका वडा नम्बर २ देहीमाण्डौंका ३० वर्षीय शेरीसिंह वोहरा फरार भएको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायव निरीक्षक मानसिंह वोहराले बताए । चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्