यस्तो रहेछ -यापर भिटेन पक्राउ पर्नुको कारण


 


काठमाडौं, कात्तिक ७
युवा पुस्तका चर्चित -यापर समिर घिसिङ्ग (भिटेन) लाई प्रहरीले पक्राउ गरेको छ । अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका ५ ठेगाना भएका २२ वर्षीय भिटेनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

“हामी यस्तै त हो नी ब्रो” बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेका समिरलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्