बैतडीमा नेकपाले उम्मेदवारको नाम टुङ्गो लगायो


 


बैतडी, ९ कात्तिक

यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेदवारको टुङ्गो लगाएको छ ।

सम्बन्धित पालिका कमिटीको सिफारिसअनुसार दोगडाकेदार–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ मा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।

नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमितिको बैठकले दुबै उम्मेदवारको नाम स्वीकृत गरेको हो । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका–४ मा पनि उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ ।

नेकपाले दुई वटा वडामा उम्मेदवारको टुङ्गो लगाए पनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेदवारी टुङ्ग्याउन सकेका छैनन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल पनि बढ्दै गएको छ । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्