प्रधानमन्त्री ओली विरामी परेपछि पूर्वराजा ज्ञानेन्द्र चिन्तित ! निर्मल निवासबाट काे काे पुगे अस्पताल ?


 


काठमाडौं, मंसिर १०

प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाउँदै पूर्वराजा शाहले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ओलीको स्वास्थ्यबारे जानकारी लिन मुख्य सचिव पशुपति भक्त महर्जनलाई पठाएका छन् ।

पूर्वराजाका प्रेस सल्लाहकार फणिन्द्र पाठकका अनुसार साँझ ५ बजे अस्पताल पुगेर मुख्य सचिव महर्जनले ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग जानकारी लिएका छन् ।

ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी पूर्वराजाले पाएका छन् । जसबाट उनको चिन्ता कम भएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले ओलीमा आफ्ना पिता महेन्द्रजस्तै आत्मबल भएका कारण चासो राख्दै आएका छन् । उनी आफ्ना निकटस्थसँग यसबारे बेला बेला चर्चा समेत गर्दै आएका छन् ।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्