बेंगलुरुले गुजरातलाई चार विकेटले हरायो


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले पराजित गरेको हो । गुजरातले दिएको १४८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्