विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह


 


विराटनगर १६ मंसिर
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिना भित्र गर्न सम्वन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
नागरिक उड्ययन प्राधिकरणले सोमबार विराटनगरमा आयोजना गरेको विराटनगर विमानस्थलको गुरु योजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रदेश १ लाई पर्यटनको सर्वोत्कृष्ट गन्तव्य बनाउन विमानस्थलको स्तरोन्नती आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राँईले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिदै विराटनगरवाट लुक्काका साथै हिमाली उडानमा सवैको सहयोग रहने बताउनु भयो ।

उहाँले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र रहेको भएको प्रदेश नं १ मा यसको विकासवाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताउनु भयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेकोको बताउदै तीव्र गतिमा आर्थिक विकासका लागि सवैसंगको सहकार्य गर्ने धारणा व्यक्त गर्नुभयो ।

विराटनगरलाई आधार बनाएर भारत बङ्गलादेशसम्मका पर्यटकहरु भित्राउने योजना रहेको बताउँदै विराटनगर विमानस्थलको गुरु योजनालई परम्परागत तवरले मात्र नसोच्न उहाँले आग्रह गर्नुभयो । विराटनगर विमानस्थललाई क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रदेश सरकारले संघिय सरकारसंग सहकार्य गर्ने बताउनुभयो ।

उहाले प्रदेश सरकारले विराटनगर विमानस्थलाई प्रदेशको आर्थिक संमृद्धिको महत्वपूर्ण अंग मानेको बताउँदै यहाँबाट माउण्टेन फ्लाइट, अन्तर प्रदेश स्तरीय उडान र छिमेकी देशसंगको उडान चाडै सञ्चालन हुनेगरी कार्य अगाडि बढाउन संघिय सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्