साइपालमा अढाई दशकपछि मंसिरमै बाक्लो हिमपात, स्थानीय घरभित्रै


 



बझाङ, पुस १
बझाङको साईपाल गाउँपालिकामा २५ वर्षपछि मंसिरमै हिमपात भएको छ । जिल्लाको सबैभन्दा विकट सो पाँच वटै वडामा झण्डै दुई देखि तीन फिट हिमपात भएको हो । जसले गर्दा यहाँको जनजीवन प्रभावित बनेको छ।

बाक्लो हिमपात भएपछि स्थानीय घर भन्दा बाहिर निस्कन सकेका छैनन् भने पशु चौपाया समेत चिसोले कठ्याग्रीएका कठ्याङ्ग्रिएका छन् ।

एउटा गाउँबाट अर्को गाउँमा जान समेत नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । गत शुक्रबारदेखि लगातार परेको हिमपातका कारण शैक्षिक संस्थाहरु समेत बन्द भएका छन् ।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्