कोटेश्वरबाट समातिए टोलेगुण्डा


 


काठमाडौं, पुस ७
कोटेश्वरबाट समातिए २ टोलेगुण्डा पक्राउ परेका छन्। काभ्रे नमोबुद्ध–५ का ४१ बर्षीय बिष्णुबहादुर धिताल र नवलपुर देउचुली–१३ का ४४ बर्षीय दुर्गा भनिने देवान राई आइतबार बेलुकी कोटेश्वरबाट पक्राउ परेका हुन् । हातखुट्टा भाँच्ने धम्की दिएर रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

सर्वसाधारणले गरेको गुनासोको आधारमा धिताल र देवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । धिताल र राईले काठमाडौं उपत्यकामा व्यापारी र सर्वसाधारणलाई हातखुट्ट भाँची अङ्गभङ्ग गरिदिने धम्की दिँदै रकम असुल्ने गरेका थिए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्