नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश, बेलुकीदेखि पानी र हिउँ


 


काठमाडौं, पुस २१
नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ । पश्चिमी वायु सक्रिय हुँदा पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने मौसमविद्ले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने छ । यसको प्रभाव मंगलबार थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताए । उनका अनुसार आज दिउँसो देशका पश्चिमी र पूर्वी भेगका केही स्थानमा हल्का बर्षा हुनेछ । पानी र हिउँ पर्ने तथा छर्लङ्ग घाम नलाग्दा यतिखेर देशैभर अत्याधिक चिसो महशुस गरिएको छ । सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस कायम भएको छ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्