विराटनगरमा सुरक्षा गार्डको हत्या


 


विराटनगर, भदौ ३

विराटनगरको धरानरोडस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्डको हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको छ । विहान पौने दशबजे हार्डवेयरका कामदारहरुले पसल खोल्ने क्रममा सुरक्षागार्ड टंक भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले जानकारी दिनु भयो ।

डिएसपी थापाका अनुसार ५० वर्षिय मृतक भट्टराई विराटनगर ४ पिपल चौक निवासी हुन् । मृतक भट्राईको शरिरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको देखिएको डिएसपी थापाले बताउनु भयो । हार्डवेयरका सञ्चालक निरभ अग्रवालका अनुसार मृतक भट्राई पसलमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका थिए । भट्राईको शव खाटबाट भु“इमा लडेको अवस्थामा रहेको थियो । प्रहरीका अनुसार सो क्रममा पसलका सरसमान नचलाइएको भएपनि कोठामा रहेको इन्र्भटर भने भु“इमा खसेको अवस्थामा देखिएको थियो ।

यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि घटनामा संलग्नहरुलाई पहिचान गर्न सकेको छैन । गएको तीनदिनमा यसक्षेत्रमा दुईवटा हत्या भइसकेको छ । गत शुक्रवार विराटनगर १३ निवासी शिखा घिमिरेको मोरङको ग्रामथान गाउँपालिका ३ मा हत्या भएको थियो । दुई महिना अघि अदालती विवाह गरेका प्रेमी दिनेश भट्राईले हत्या गरेका हुन् । यी दुई हतयाका घटनाले मोरङमा सुरक्षा चुनौति बढ्दै गएकोछ । त्यसैगरि, मोरङ प्रहरीले केही दिन अघि विराटनगर महानगरपालिकामा भएको बम विष्फोट घटनामा संलग्नलाई समेत सार्वजनिक गर्न सकेको छैन ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्