सारा–कार्तिकको ‘लव आजकल’ मा सेन्सरले काट्यो यस्ता‘दृश्य र डायलग’


 


काठमाडौं – भ्रखरै बलिउड क्षेत्रमा प्रवेश गरेकी सारा अली खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको ‘लव आजकाल’ चलचित्र फेब्रुअरी १४ मा रिलिज हुँदैछ । यसमा चलचित्रमा रहेको केही दृश्य र डायलगमा भारतको सेन्सर बोर्डले कैंची चलाएको छ। चलचित्रलाई यू/ए सर्टिफिकेट दिँदै धेरैजसो अंतरङ्ग दृश्यमा कैंची चलाएको हो ।

त्यस्तै भारतीय संचार माध्यमका अनुसार बोर्डले चलचित्रको सुरुवाती चुम्बनको दृश्यमा परिमार्जन गर्न लगाएको छ। एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिएको पनि बोर्डले जानकारी दिएको छ ।

एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर गर्न निर्देशन पनि दिएको छ । त्यसैगरी बोर्डले इम्तियाज अलीको निर्देशनमा बनेको यो फिल्मको सेकेन्ड हाफमा अभिनेताले आफ्नो कपडा फुकालिरहेको दृश्य पनि हटाउन आदेश दिएको छ ।

तिमात्रै होइन फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ । एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ । साथै A,FK र F*g लाई म्युट गर्न भनिएको छ । र अन्त्यमा ‘हरामजादों’ शब्दलाई ‘साले बेशर्मों’ मा परिवर्तन गर्न भनिएको छ । फिल्म २ घण्टा २१ मिनेट लामो छ । कार्तिक र साराबाहेक यसमा रणदीप हुड्डा र आरुषि शर्माको पनि महत्वपूर्ण भूमिका छ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्