मिस नेपाल २०२४ को अडिसन भोलि भरतपुरबाट सुरु हुँदै


 


काठमाडौं, चैत २९ । मिस नेपाल २०२४ को यात्रा भोलि (शुक्रबार)देखि भरतपुरबाट सुरु हुने भएको छ ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै क्षेत्रीय अडिसनको थालनी भरतपुरबाट हुने जानकारी दिए ।

निर्देशक क्षेत्रीले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह पनि सहभागी थिए ।

शुक्रबार अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ ।

१७ अप्रिलमा पोखरा, २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् ।

१४ मे (जेठ १ गतेसम्म) इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्