एलिना चौहानले गरिन् प्रमीसंग बिहे


 


काठमाडौं, वैशाख ५ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् ।

झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् । उनीहरुले औंठी साटासाट समेत गरे ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्