सलमानले घोषणा गरे ‘सिकन्दर’


 


मुम्बई । अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ घोषणा गरेका छन् । बिहीबार इदको अवसर पारेर उनले फिल्म घोषणा गरेका हुन् ।

फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एआर मुरुगदासले गर्नेछन् । मुरुगदासले यस अगाडि ‘गजनी’, ‘होलीडे’ र ‘अकीरा’ निर्देशन गरिसकेका छन् । फिल्मका निर्माता साजिद नाडियाडवाल हुन् ।

फिल्मको पोस्टर शेयर गर्दै सलमानले भनेका छन्, ‘यो इदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् । आउँदो इदमा ‘सिकन्दर’बाट भेट हुनेछ ।’

सलमान र निर्माता साजिदले १९९६ मा रिलिज फिल्म ‘जीत’मा पहिलो पटक काम गरेका थिए । फिल्ममा सलमानको अलवा सनी देओल, करिस्मा कपुरलगायतको अभिनय थियो । त्यसपनि सलमानले साजिदको ‘जुडुवा’, ‘मुझसे सादी करोगी’ र ‘किक’ जस्ता हिट फिल्ममा काम गरेका थिए ।

सलमानले निर्देशक मुरुगदाससँग २०१४को फिल्म ‘जय हो’मा काम गरेका थिए । मुरुगदास त्यो समय फिल्मका लेखक थिए । २०२० र २०२२ को इदमा सलमानको कुनै फिल्म रिलिज भएन । २०१५ देखि २०२४सम्म इदमा सलमानको ७ फिल्म रिलिज भएको छ । जसमा २०२१ मा रिलिज ‘राधे’मात्र फ्लप भएको थियो ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्