मधेस आन्दोलन घटना छानविन आयोगलार्इ पूर्णता


 


girish_chandra_lal

काठमाडौं,भदौ २९ मधेशआन्दोलाका क्रममा भएका घटनाहरुको छानबिन गर्न गठन गरेको आयोगले पुर्णता पाएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालको अध्यक्षतामा एक हप्ता अघि सरकारले गठन गरेको आयोगले पुर्णता नपाएकाले बुधबार यसले पुर्णता पाएको छ ।

आयोगका सदस्यहरुमा नेपाल प्रहरीका एआइजी नवराज सिलवाल, अनुसन्धान विभागका सुवचन्द्र झा, नायव महान्यायाधिवक्ता सुर्य कोइराला, आदिबासी जनजातिका सजन लोप्चन तोएिका छन् ।

आयोगलाइ मधेश आन्दोलनमा भएका घटनाहरुको छानबिन गर्न , घाइते तथा मृतकहरुको पहिचान गरि क्षतिपुर्तिका लागि सिफरिस गर्न र त्यो क्रममा भएका घटनाहरुको दोषी पहिचान गरि कारवाहीका लागि सिफारिस गर्न छ महिनाको म्याद दिइएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्