धोनीका यी आश्चर्यजनक निर्णय, जसले सफलता पनि दिलाए


 


दिल्ली, बैशाख २८ एजेन्सी

भारतीय क्रिकेट टोलीका विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान महेन्द्रसिंह धोनी विश्वकै सर्वाधिक सफल कप्तान मध्यका एक हुन् । धोनी भारतीय क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान मानिन्छन् ।

धोनी एकदिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियनसिप ट्रफी गरि आइसिसीको तीनै उपाधि जिताउने विश्वको एक्लो कप्तान हुन् । धोनी मैदानमा निकै शान्त स्वभावमा रहन्छन् । अन्य कप्तान भन्दा उनको हाउभाउमा धेरै फरक रहन्छ । धोनी सफल हुनुमा उनले दबाबको समयमा लिने निर्णय पनि एक हो । विपक्षी कप्तानलाई धोनीले लिने निर्णय बुझ्न निकै कठिन पर्दछ । धोनीको दिमाग निकै चतुर र तेज मानिन्छ । धोनीले कप्तानीमा लिएका ३ आश्चर्यजनक निर्णय जो जितको आधार बने ।
भारतीय टेष्ट क्रिकेट टोलीका सर्वाधिक भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजाराले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध बेंगलोरमा डेब्यु गरेका थिए । जुन खेलको दोस्रो इनिङमा धोनीले पुजारालाई तेस्रो नम्बरमा ब्याटिङ गराएका थिए । पहिलो इनिङमा पुजारा पाँचौ नम्बरमा ब्याटिङ गर्दै ४ रनमा आउट भएका थिए ।

तर दोस्रो इनिङमा राहुल द्रविड अघि नै पुजारालाई धोनीले तेस्रो नम्बरमा पठाएका थिए । भारतीय क्रिकेटमा द्रविड हुँदाहुँदै ३ नम्बरमा ब्याटिङ गर्ने खेलाडी अर्को होला सायदै कसैले सोचेको थियो । धोनीको निर्णयलाई सहि सावित गर्दै पुजाराले ७२ रन जोड्दै ७ विकेटको जित पक्का गरे।

सन् २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै टि२० विश्वकप उपाधि जितेको थियो । पाकिस्तानलाई जितको लागि अन्तिम ओभरमा १३ रन चाहिएको थियो । धोनीले अन्तिम ओभर जोगिन्दर शर्मालाई बलिङ गराएका थिए । पहिलो बल डट राख्दा दोस्रो बलमा मिस्वाहले छक्का प्रहार गरेका थिए ।

तेस्रो बलमा जगिन्दरले मिस्बाहलाई क्याच आउट गराउँदै जित दिलाएका थिए । त्यसपछि क्रिकेटबाट एकाएक हराएका जोगिन्दर अहिले भारतीय पुलिसमा काम गरिरहेका छन् ।

सन् २००७ को टि२० विश्वकपको समुह चरणको खेलमा भारत र पाकिस्तानबीचको खेल टाई भएको थियो । जसको कारण खेलको नतिाजा बल आउट बलरले स्टम्प ताक्नेबाट लिइएको थियो । जुन निर्णयमा धोनीले बलिङ गर्न हरभजनसिंह, विरेन्द्र सहवागसँगै रोविन उथाप्पालाई दिएका थिए ।

यी तीनै बलरले स्टम्प ताक्दा उता पाकिस्तानका तीनै बलर असफल हुन पुगे र भारत विजयी भएको थियो । प्रमुख बलरलाई छाडेर पार्ट टाइम बलिङ समेत नगरेका सहवाग र उथप्पालाई गराउने धोनीको निर्णय आश्चर्यजनक रहेको थियो । जुन सहि सावित पनि भयो ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्