बहुपति राख्न पाउनु पर्ने महिलाको माग


 


वेइजिंग, असार २
चीनमा अविवाहित पुरुषको संख्यामा भइरहेको बृद्धीले संकटको रुप लिइरहेको छ । लैंगिक असमानताका कारण चीनमा स्थिति खराब बन्दै गइरहेको छ । सन् २०५० सम्ममा ३ करोड पुरुष अविवाहित रहने अनुमान गरिएको छ ।

दशकौंसम्म लागु भएको एक सन्तान नीतिका कारण जनसंख्यामा आएको असन्तुलनले निम्त्याएको यस संकटको समाधानका लागि त्यहाँका केही बुद्धिजीवीहरुले चिनियाँ महिलाले दुई पुरुषसँग विवाह गर्न दिनु पर्ने वकालत गरेका छन् ।

फुदान युनिभर्सिटीका अर्थशास्त्र प्रोफेसर यु क्वांगले कसरी खुसी हुने शीर्षकको आफनो एक लेखमा चीनले महिलालाई बहुपति राख्न दिनु पर्ने तर्क अगाडि सारेका छन् ।

चिनियाँ अर्थशास्त्री यी क्वांगले महिलालाई केही समयका लागि दुई वा त्यो भन्दा बढी पति राख्न पाउने अधिकार दिनुले यो सामाजिक समस्याको समाधान हुन सक्ने बताएका छन् ।

आफनो सुझाव मानिएमा देशमा बढिरहेको अविवाहितहरुले पत्नी र खुसी प्राप्त हुने उनले बताए । बढ्दो प्रतिस्पर्धाका कारण अविवाहित दुलहाका लागि आगामी समयमा योग्य दुलही खोज्न अत्यन्त कठिन काम हुने यी क्वांगले बताए ।

उमेर गइसकेका अविवाहित ब्यक्तीका लागि दुलाहीको मन जित्न युवाहरुसँग प्रतियोगिता गर्नु पर्ने हुन्छ । यो त्यतिबेलासम्म ठीक हुन्छ जबसम्म महिलाको संख्या अत्यन्त कम रहने छ ।

उनले भने – स्वाभाविक जैविक तथा मनोवैज्ञानिक आवश्यकता ठीक ढंगमा पुरा हुँदैन भने यसको निश्चित रुपमा उनीहरुको खुसीमा नराम्रो असर पर्नेछ ।

ती चिनियाँ अर्थशास्त्रीले यो संकट समाधानका लागि दुई सुझाव दिएका छन् । पहिलोमा बेश्याबृत्तीलाई कानुनी मान्यता दिने र अर्को बहुविवाह प्रथालाई स्विकृति दिने । चिनियाँ कानुन अनुसार अहिलेसम्म मात्र एक विवाहको अनुमति छ । तिब्बतमा पहिले देखि नै बहुपति प्रथा चल्दै आइरहेको उनले बताए ।

जसले पत्नी नहुनु भन्दा साझा पत्नी हुनु पनि राम्रै हो भन्नेहरु पनि धेरै भएको उनले बताए । नेपाल समाचार पत्रबाट

प्रकाशित मिति: २ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्