देशभर थप १२०७ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७१ हजार ८२१ पुग्यो


 


काठमाडौं, असाेज १०
पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।

प्रकाशित मिति: १० आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्