घरभित्र श्रीमान् श्रीमती मृत फेला


 


काठमाडौं, वैशाख १९ । कपिलवस्तुमा श्रीमान् श्रीमती घर भित्रै मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन् ।

टेकराज घरको भ¥याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् भने उनकी श्रीमती कोठाभित्र घाउचोट लागेको अवस्थामा मृत फेला परेकी
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार उनीहरुको घरको ढोका खुलै थियो ।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्