डोटीमा फेरि अरिङ्गालको टोकाईबाट बृद्धाको मृत्यु
डोटी, कार्तिक १७
डोटीमा फेरि अरिङ्गालको टोकाईबाट एक बृद्धाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुन टाक टोल बस्ने अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो ।
लुहारलाई आइतबार वनमा गोठाला गएको बेलामा रुखमा गोलो बनाई बसेको अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईबाट घाइते भएकी बृद्धालाई मौवा नगरदह स्वास्थ्यचौकीमा उपचार पछि आइतबार राति नै घरमा लगिएको थियो । सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको हो ।
यसअघि जिल्लाको सायल गाँउपालिकाकी दुई बालिकाको अरिङ्गालको टोकाईबाट ज्यान गएको थियो ।
प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार