बकपत्रका लागि पल शाहलाई नवलपुर अदालत लगिँदै


 


काठमाडौं, वैशाख ७
नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई आज नवलपरासी पूर्व लगिने भएको छ। जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।

त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो। मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् ।

बुबासँगै हुँदा पीडितले पलले बलात्कार नगरेको बयान दिइन्। मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो। अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्