सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पुग्यो ?
काठमाडौं, जेठ १६ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा दुई हजार चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार