अागलागी पछिकाे भाेजपुर (मनै रूने तीन तस्बिर)
काठमाडाैं, मंसिर ६
अाइतबार साँझकाे अागलागीले भाेजपुरका ७ घर जलेर पूर्ण रूपले नष्ट भए । कराेडाैंकाे क्षति भयाे । भाेजपुर नगरपालिका ५ भाेटेपसल सप्तधारा छेउमा दाँतका लहर झैं मिलेर बनेका बस्ती ध्वस्त भएका हुन् ।
याे ठाउँका सुन्दर घरहरू भग्नावशेषमा परिणत भएका छन् । भूँइचालाेले चर्केर घरहरू अाइतबारकाे अागलागीले पूर्ण रूपले नष्ट भएका छन् । भाेजपुर सदरमुकाममा ठूलाे अागलागीकाे घटना याे नै पहिलाे हाे ।
२०१८ सालतिर टुँडिखेल मुन्तिर पनि अागाे लागेकाे थियाे । गत साल सात धारा छेउमा एउटा घरमा अागलागी भएकाे थियाे तर खासै ठूलाे क्षति भएकाे थिएन । जस्तापाता, पुरानाे र लहरै बस्तीका कारण अागलागीका लागि भाेजपुर जाेखिमपूर्ण बजार हाे ।
भाेजपुर अागलागीमा क–कस्का घर परे ?
प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार