हेवा खोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडियो
काठमाडौ, फागुन ६
पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवा खोला जलविद्युत परियोजना ‘ए’ बाट उत्पादित १० दशमलव ६ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।
केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि लोडसेडिङ अन्त्यका लागि सघाउ पुग्ने उर्जा मन्त्रालयले जनाएको छ ।
पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा २ अर्ब ६० करोड रुपैयाँ खर्च भएको कम्पनीका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले जानकारी दिए ।
प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार