कांग्रेसका जिल्लास्तरीय नेतासहित ३० जनाले दिए राजीनामा


 


बाजुरा, साउन २७

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका संगठन विभाग प्रमुख तथा पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले राजीनामा दिएका छन् ।आजको कारोबारमा खबर छ ।

विहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले संयुक्त रुपमा पदबाट राजीनामा दिएको घाेषणा गरेका हुन् । नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए ।

राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् ।

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्