गजल


 


chintamani

चिन्तामणि पोख्रेल

पुरस्कार खोज्छौ भने दुई हातको ताली खोज ।

तातो तातो दुधमाथि लाग्ने बाक्लो छाली खोज ॥

 ससुरालि रमाईलो बनाउने मनमा भए ।

 जेठी माईली आफ्नो बनाउ कान्छी चाँहि साली रोज ॥

बेईजतिको मार खेप्न रहर लाग्छ भने ।

सबैसामु भिख माग्दै तिरस्कार गाली खोज ॥

 मुहारमा फूल फुलाउने सपनामा भूल्छौ सधैँ ।

 मलजल स्याहार गर्ने जीन्दगीमा माली खोज ॥

आँशुको त्यो ताल भित्र डुबिसक्यो जिन्दगानी ।

उतार्नलाई गहिराईमा भेल बग्ने नाली खोज ॥

प्रकाशित मिति: ८ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्