देउवालाई झट्का, ५६ जिल्लाका सभापतिले दिए यस्तो चेतावनी


 


२१ फागुन – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् ।

महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला सभापतिहरु रुष्ट बनेका हुन् । केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग थियो ।

महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुवै माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केही दिनअघि केन्द्रीय कार्यसमितिले त्यसविपरीत केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पास गरेको थियो ।

कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

‘अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुनेछौं’ ५६ जिल्लाका सभापतिहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।

यसरी चेतावनी दिने जिल्ला सभापतिहरुमा प्रदेश नम्बर १ बाट लिला देवी बोखिम –ताप्लेजुंग, नरेन्द्र कुमार केरुङ्ग-पांचथर, हिमालय कर्माचार्य- ईलाम, उद्धव थापा – झापा , गोविन्द ढुंगाना-तेह्रथुम, नन्दमणि राई – भोजपुर, नरेश कुमार श्रेष्ठ -खोटाङ बिनोद बस्नेत -सोलुखुम्बु, राजिब कोइराला -सुनसरी, डिग बहादुर लिम्बु – मोरंग, बिदुर बस्नेत- गाईघाट र दिपेन कुमार श्रेष्ठ –संखुवासभा रहेका छन् ।

यसैगरी प्रदेश नम्बर २ बाट कृष्ण देव यादव -रौतहट र अजय दुवेदी -पर्सा रहेका छन् भने प्रदेश नम्बर ३ बाट उज्जल बराल – सिन्धुली, मधु आचार्य – काभ्रे, लवश्री न्यौपाने – रामेछाप, विकाश लामा – सिन्धुपाल्चोक, जगदीश नरसिंह केसी -नुवाकोट, दुर्लभ थापा- भक्तपुर, सवुज बानिया- काठमाण्डु, पेम्बा क्षिरिङ्ग लामा – रसुवा, रमेश धमला – धादिङ र जित नारायण श्रेष्ठ -चितवन रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशबाट बैकुण्ठ न्यौपाने -तनहुँ, कृष्ण केसी -कास्की, खम्ब गर्बुजा-म्याग्दी, यङ्गजीङ्ग बिष्ट-मुस्ताङ, कुमार राणा -स्याङजा, बिष्णु प्रसाद लामिछाने -नवलपुर, भेष बहादुर पौडेल -लम्जुङ्ग, हरि बहादुर घले -गोरखा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ बाट अर्जुन पोखरेल -परासी, वीर बहादुर राणा -पाल्पा, भुवन श्रेष्ठ -गुल्मी, बिष्णु प्रसाद खनाल -अर्घाखाची, सुरेन्द्र प्रसाद आचार्य-कपिलबस्तु, अम्मर प्रसाद भण्डारी- प्युठान, अमर सिंह पून-रोल्पा, केशर मान रोका -पूर्व रुकुम, किरण कोइराला -बाँके र संजय गौतम- बर्दिया रहेका छन् ।

यस्तै कर्णाली प्रदेशबाट खड्ग बहादुर शाही- मुगु, दिप बहादुर शाही-जुम्ला, हर्ष बहादुर बम -कालिकोट, कृष्ण कुमार बिसी-दैलेख, कमल राज रेग्मी -सुर्खेत, प्रेम प्रकाश ओली-पश्चिम रुकुम, गणेश बहादुर चन्द-सल्यान, दिपक जंग शाही-जाजरकोट, जयपति रोकाया-हुम्ला र अंगत बुढा -डोल्पा रहेका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट कर्ण बहादुर मल्ल-डडेल्धुरा, ललित सिंह बोहरा-दार्चुला, नरेन्द्र सिंह थापा-बैतडी र हर्क जंग बहादुर सिंह-बझांङ्ग रहेको नुवाकोट जिल्ला सभापति केसीले जानकारी दिए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्