श्रीमान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा


 


सिन्धुपाल्चोक। सिन्धुपाल्चोककी एक ३५ वर्षीया युवतीका श्रीमान १७ महिना देखि वैदेशिक रोजगारीका लागि मलेशिया छन् । तर उनको गर्भमा भने अहिले चार महिनाको शिशु छ ।घर नजिकैको देवर नाता पर्नेसंगको सम्बन्धवाट गर्भ रहे पछि उनी अहिले न घरको न घाटको भएकी छन् ।
गर्भ रहेको परिवारका सदस्यले थाहा पाएपछि मलेसिया रहेका श्रीमानलाई पनि सो कुरा थाहा भयो ।श्रीमानले फोन गरेर अब आफ्नो घरमा नबस्न भने । उता गर्भ बोकाएर लामो समय देखि शारिरीक सम्पर्क राख्दै आएका देवर फरार भए । चार महिनाको गर्भ बोकेर ३५ वर्षीया महिलाको बिचल्ली भएको छ।

एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर मलेसिया गएका श्रीमानको झन बेहाल भएको छ । उनी परिवारलाई सुख दिन पांच छोरा छोरी र श्रीमतीलाई छोडेर विदेश हानिएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा पढ्ने भएकी छन् । छोरा सानो दुई वर्षको मात्र छ । उ आमा बिना एक छिन पनि बस्न सक्दैन ।

यसरी अप्ठेरोमा परेपछि चार महिनाको गर्भ रहेकी ति महिला आत्महत्या गर्न भन्दै घरवाट हिडिन् तर उनलाई छिमेकीले बचाएर ल्याए । देवर समेत लापत्ता भएपछि उनी न्याय खोज्दै नजिकैको प्रहरी कार्यालय पुगीन् ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्